कतारबाट आयो दुखद खबर, शुक्रबार बेलुका प्रवेशमा रोक लगाइने



कतारबाट आयो दुखद खबर, शुक्रबार बेलुका प्रवेशमा रोक लगाइने

दोहा : मध्य दोहा भित्र सामान्य सवारी साधनलाई शुक्रबार बेलुका प्रवेशमा रोक लगाइने भएको छ । कर्नेश सडक योजना समितिले मध्य दोहामा ट्राफिक चाप कम गर्न सवारी प्लेट व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याउने बताएको छ ।

सेप्टेम्बर ३० देखि हरेक शुक्रबार दिउँसो ३ बजे बाट राति १० बजेसम्म सामान्य यातायात र कालो नम्बर प्लेट भएका सवारी साधनलाई मध्य दोहा भित्र प्रवेश नदिइने समितिले जनाएको छ ।

योजना अन्तर्गत उत्तर तर्फको अल खफ्जी स्ट्रिट ,सि रिङ्ग रोडको पश्चिम र दक्षिण र पुर्व तर्फको कर्नेश रोडमा यो नियम लागू हुनेछ ।सामान्य सवारीलाई रोक लगाईने क्षेत्र । नोभेम्बर १ देखि विश्वकपको अवधिभर यो नियम हरेक दिन दिउँसो ३ देखि राती १० बजे सम्म लागू हुनेछ ।

आफ्नै नामको निजि सवारी ,कर्वा बस र ट्याक्सी ,मेट्राे बस र अन्य आपतकालीन साधनमा यो नियम लागू नहुने समितिले बताएको छ । नियम उल्लंघन गर्ने सवारी धनीलाई धारा ४९ को बमोजिम जरिवाना हुने समितिले भनेको छ ।

विश्वकपको समयमा दोहा वरपर सवारी व्यवस्थापन गर्न यो नियम अघि ल्याईएको हो । यसै महिनाको सरुवातमा भएको लुसेल कप प्रतियोगिताको बेला यो नियमको सफल परिक्षण गरिएको थियो ।-qnkhabar

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार