आउँदो निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार म – गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो निर्वाचनपछि पार्टीबाट आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’ मा प्रस्तोता शुरजसिंह ठकुरीसँग कुरा गर्दै महामन्त्री थापाले आफू प्रधानमन्त्री बन्न योग्य भएको दाबी गरे।

शनीबार प्रशारण भएको शो कार्यक्रममा महामन्त्री थापाले ‘सफल भए पनि वा नभए पनि प्रयास भने गर्ने’ बताए।

उनले नयाँ पुस्तालाई अवसर दिनु पर्नेमा जोड दिँदै भने, ‘‘सोच्ने होइन। अब प्रधानमन्त्रीको बन्ने प्रयास गर्ने हो। सकिन्छ, सकिन्न थाहा छैन। अब फेरि कुनै पनि पूर्वप्रधानमन्त्रीहरू फेरि प्रधानमन्त्री भएर थप गुन लगाइदिनुपर्ने कुनै अवस्था छैन। नेपाली राजनीतिमा उहाँहरूको धेरै ठुलो योगदान छ। तपाईँहरूले संविधान बनाइदिनुभयो। तपाँईहरुले बनाइदिएको जमिनामा टेकेर हामी आयौँ। अब हामीलाई मौका दिनुहोस्। हामीबीचमा प्रतिस्पर्धा हुन्छ। हामीले सक्यौ भने राम्रो डेलिभरी गछौँ। हामीले डेलिभरी गर्न सकेनौ भने हामीलाई हटाएर अर्काे आउँछ।’’

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार