काठमाडौंमा बालेनले मतान्तर बढाए,५०१ मतले सिर्जनाले केशवलाई पछि पारिन्



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार