ललितपुरमा एमालेलाई तेब्बर मतले पराजित गरेर समाजवादीका उम्मेदवार विजयी



ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षको प्रत्यासीले एमालेका उम्मेदवारलाई तेब्बर बढी मतले पराजित गरेका छन्।

सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका राजेशकुमार महर्जनले १ हजार ८ सय ३० ल्याए भने एमालेका उम्मेदवारले जम्मा ६ सय ४ मत पाए।

कांग्रेसका विनयप्रसाद जोशीले ५ सय ६० मत ल्याएका छन्। उक्त वडामा समाजवादीले महिला वडा सदस्यबाहेक अरु सबै पदमा जित निकालेको छ। महर्जनले पाँच वर्षअघि एमालेबाट अध्यक्षमा जितेका थिए।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार