भरतपुरमा १७ मतले रेनुको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा १६०३३ मत गणना गर्दा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहाल अगाडि छिन् । उनले अहिलेसम्म ५३५० मत ल्याएकी छन्।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५३३३ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत ल्याएका छन् । उपप्रमुखमा भने चित्रसेन अधिकारीले ६४५२ मत र हिमला गुरुङले ४३२१ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार