भरतपुरमा विजय सुवेदी बढाए मतान्तर, रेनु ७३ मतले पछाडि



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार