भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, पछ्याउँदै रेनु



चितवन । भरतपुर महानगरपालिकामा अहिले एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। अहिलेसम्म उनले ३३२४ मत ल्याएका छन् । यस्तै, गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले ३३०६ मत ल्याएकी छन्। विजय रेनुभन्दा १८ मतले अघि छन् ।

स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले ११८७ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३६८८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २६४३ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार