भरतपुरमा रेनु दाहालको अग्रता कायमै,पछ्याउँदै सुवेदी



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा ९माओवादी केन्द्र०का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर-१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा ९एमाले०का उमेदवार विजय सुवेदीले एक हजार ०१५ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४२६ मत ल्याएका छन् । अहिले वडा नम्बर-२ को मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार