ललितपुर १ मा कांग्रेसका बागी उम्मेदवार तन्डुकार विजयी



ललितपुर । ललितपुर महानगरपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तन्डुकार वडाध्यक्षमा विजयी भएका छन् । ६६१ मत ल्याएर उनी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल तन्डुकार ४२५ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार