बागी उम्मेदवार पौडेल भन्छन् – म ‘क’ वर्गको कांग्रेस हुँ !



चितवन । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेलले आफू कोटमा गए भने कांग्रेसको निर्णयलाई उँल्टादिन सक्ने दाबी गरेका छन् । गठबन्धन अनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए तर उनले फिर्ता लिएनन् ।

आफूलाई कांग्रेसले कारवाही गर्ने बाटो नभएको चुनौती दिएका छन् । कम्युनिष्ट, कम्युनिष्ट मिल्न सक्दैन झन कांग्रेस र कम्युनिष्ट कसरी मिल्छ यो स्वार्थको लागि मिलेको बताएका छन् ।प्रचण्डले सालिनता पूर्वक राम्रो कुरा गरेको र प्रचण्डको कुरामा कुनै खोट नभएको र प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता लेउँ भनेर आग्रह गरेको बताएका छन् ।

उनले भने– हेनुस् म कोटमा गए भने कांग्रेसको निर्णयलाई म उँल्टाइदिन सक्छु । कांग्रेसले मलाई कार्वाही गर्ने बाटो छ । मलाई उल्लंघन गर्ने बाटो छ । म चुनौति दिन्छु तर म त्यो हिसाबले जान्न । मेरो राजनीति कुरा के छ भने, तपाईहरुले जे गदै हुनुहुन्छ त्यो गलत छ, सुद्रिनुपर्छ ।

कांग्रेस सुद्रिनु पदैन अब, जगन्नाथको मनमा चारतारे झण्डा जब सम्म रहन्छ नि कसैले खोस्न सक्दैन एउटा कुरा बुझिराख्नु । र मैले अघि नै भने म (क) वर्गको कांग्रेस हुँ, उनले भने ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार