सत्यमोहन,सिद्धिलाल र स्नेहलताको आशीर्वाद लिएर मैदानमा हरिकृष्ण



ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशीर्वाद लिएका हुन् ।

आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार