भरतपुरकाे मेयरमा कांग्रेसका २५ जनाकाे आवेदन, उपमेयरमा २४ जना



भरतपुर । आउँदाे वैशाख ३० गते हुन लागेकाे पालिका चुनावका लागि चर्चामा रहेकाे चितवनकाे भरतपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।

हिजो आइतवार र आज साेमवार पार्टीका तर्फबाट आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो । पालिका चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गएको चुनावमा नेकपा माओवादी केन्द्रलाई मेयर पद छोडेकाले अब आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गृहजिल्लाको महानगरमा फेरि पनि आफ्नै छोरी रेणु दाहाललाई दोहोर्‍याउने प्रयास गरिरहनुभएको छ ।

कांग्रेसबाट भरतपुर महानगरको मेयर र उपमेयरमा दाबी गर्नेमध्ये पूर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरू समेत छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार