स्थानीय निर्वाचन : ललितपुर-२५ को वडाध्यक्ष पदमा रामहरीको स्वतन्त्र उम्मेदवारी



ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २५ को वडाध्यक्ष पदका लागि रामहरी खड्काले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । खड्काले आज वडा नं. २५ छ्यासीकोटमा अवस्थित गोरखकाली मन्दिरबाट उम्मेदवारी घोषणा गरेका हुन् । घोषणा सभामा बोल्दै खड्काले समग्र वडाको विकास र सक्षम नेतृत्वको अभाव परिपूर्तिका लागि आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

राजनीतिलाई फोहोरी खेल बनाएका दलहरुको विकल्पको रुपमा आफु खडा भएको उनको तर्क थियो । कार्यक्रममा उनले निर्वाचनका लागि कसैबाट पनि नगद सहयोग नलिने घोषणा गरे । वडाको विकासको खाका आफुसँग भएको दाबी गर्दै खड्काले भने ‘मेरो उम्मेदवारी समग्र देश बनाउने हो भने वडाबाटै सुरुवात गर्नुपर्छ भन्ने सन्देश दिनका लागि समेत हो ।’

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार