प्रचण्डले अडान नलिएको भए एमसीसी जस्ताको त्यस्तै पारित हुन्थ्यो- मातृका यादव



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो’ भन्दै प्रचण्डलाई धन्याद दिएका दिएका छन् ।

अनुमोदनका लागि संसदमा पेस गरिएको एमसीसी र एमसीसीको अंगको रुपमा पारित गर्न लागिएको ‘व्याख्यात्मक घोषणा’को दफावार छलफलमा सहभागी हुँदै सांसद यादवले प्रचण्डकै अडानका कारण व्याख्यात्मक घोषणासहित मात्र एमसीसी अनुमोदन हुने परिस्थिति बनेको दावी गरेका हुन् ।

छलफलमा सहभागी हुने क्रममा सांसद यादवले भने– ‘यहाँ एमसीसी अनुमोदनबारे विभिन्न धारणा देखिए । कोही जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने, कोही संशोधनसहित पारित गर्नुपर्छ भन्ने, कोही पारित नै गर्न नहुने पक्षमा धारणाहरु थिए । तर, हाम्रा अध्यक्ष प्रचण्डले अडान नलिएको भए आज व्याख्यात्मक घोषणसहित एमसीसी अनुमोदन हुने अवस्था बन्ने थिएन । आज अध्यक्ष कमरेडलाई धन्यवाद दिनुपर्छ ।’

एमसीसीका कतिपय प्रवधानहरु हाम्रो सर्वभौमिकतामा आघात पुर्याने खालका थिए, उनले भने– अब, त्यो खतरा टरेकोछ । यसका लागि अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरुलाई धन्यवाद दिनुपर्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार