गगनको घोषणाले गठबन्धनमा हलचल,वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै चुनाव लड्ने !



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कांग्रेसको एक्लै बहुमत ल्याउनुपर्छ भन्ने सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताएका छन् । डा. शेखर कोइराला पक्षीय नेताहरुको भेलामा महामन्त्री थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर वहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा रहेको समेत बताए ।

उनले भने – आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीको ४० प्रतिशत जनमतलाई पाखा पारेर उहाँको उद्देश्य कसरी पूरा हुन्छ ? हामी गठबन्धनको पक्षमा छैनौ, वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हाम्रो समूहको विचार हो । यसमा हामी प्रष्ट हुनुपर्छ ।

महामन्त्री थापाले विधि र विवेकको परीक्षामा समेत सभापति शेरबहादुर देउवा कमजोर देखिएको बताएका छन् । छाटो समयको अवधिका महत्वपूर्ण निर्णय हेर्दा सभापति देउवाको विधि र विवेकको परीक्षामा कमजोर उनले देखिएको बताए ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार