सेयर बजारमा सकारात्मक सर्टिक, ४० मिनेटका लागि कारोबार बन्द



काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार तीव्र गीतमा उकालो लागेको छ । आज सुरुवात देखि नै उकालो लागको शेयर बजार १२ बजे ३८ मिनेट सम्म आइपुग्दाँ ५ प्रतिशतले बढेर पोजेटिभ सर्किट ब्रेक लागेको छ । ५.०१ प्रतिशतले बढेसंगै शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।

यो अवधीसम्म शेयरबजार ११४.२५ अंकले बढेर २३९५.९३ को बिन्दुमा पुगेको हो । धितोपत्र बोर्डको नियम अनुसार शेयर बजार पहिलो घण्टा(१२ बजे)सम्म ४ प्रतिशतले बढेघटेमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ ।

यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले बढे र घटेमा ४० मिनेटका लागि र त्यसपश्चात ६ प्रतिशतले बढे रघटेमा सो दिनका लागि कारोबार बन्द हुने नियम रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार