एमाले महाधिवेशनप्रति गगनको कटाक्ष :- त्यो‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन हो



काठमाडौं । कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा १ बा १ मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने ।

नेता थापाले काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरे । ‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा कति ठूलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ,’ थापाले आफूले जवाफमा काकाहरूलाई भनेको सुनाउँदै भने, ‘एमाले र हामीहरूबीचमा अलिकति फरक छ

हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।’

नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गरे । ‘साथीहरू कांग्रेसको अधिवेशनको समाचार आउदै गर्दा नआत्तिनुहोला । कही कतै सीमाहरू नाघिएका छन् । तर, यो हाम्रो पार्टीको अधिवेशन हो । हामीबीच मतभेद हुन्छ, मतान्तर हुन्छ । त्यही बीचबाट हामी कुशल नेतृत्व चयन गर्छौ,’ थापाले भने, ‘त्यसैले कांग्रेसमा यसलाई सामान्य रुपमा लिनुपर्छ । यो हाम्रो पार्टीभित्रको लाकतान्त्रिक अभ्यास हो ।’

उनले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए । ‘म जहाँ उभिएको छु, त्यहाँ किन उभिएको छु रु प्रत्येकसँग आफ्नो कारण छ, मसँग पनि कारण छ,’ उनले भने, ‘पार्टीको नेतृत्व भनेको बगेको नदीजस्तो हुनुपर्छ, जमेको पोखरीजस्तो होइन । त्यसैले काठमाडौंमा सबुजकृष्ण बानियाँलाई तपाईले काठमाडौंको नेतृत्वमा मत हाल्दै गर्दा त्यो मत मंसिर २४ गते हुने केन्द्रीय महाधिवेशनमा नेतृत्वको पक्षमा उभिने मत हो । त्यसकारणले म यहाँ उभिएको छु ।’

नेता थापाले संसारभरि लोकतान्त्रिक पार्टीहरूमा एक पटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि हारेरजिते विश्राम लिनुपर्ने अभ्यास रहेको भन्दै नेताहरूसँग आफूले त्यही आग्रह गरेको सुनाए । ‘संसारभरिको डेमोक्रेटिक अभ्यासमा सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि स्वभाविकरुपमा पार्टीको राजनीतिबाट विश्राम लिनुपर्छ । र आमनिर्वाचनमा गइसकेपछि पार्टीले चुनाव हार्‍यो भने पनि पार्टीको सभापतिबाट राजीनामा दिनुपर्छ र विश्राम लिनुपर्छ,’ उनले भने, ‘तर हामी कहाँ त्यस्तो अभ्यास हुन सकेन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार