घनश्याम भुसालले एमाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै



काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । यसअघि एमाले अध्यक्षमा दावी गर्ने हल्ला बाहिरिएको भएपनि अध्यक्षमा केपी शर्मा ओलीलाई भीम रावलले टक्कर दिने भएसँगै उनले उपाध्यक्षमा दावी गर्ने भएका हुन् । त्यसको लागि उनले पत्रकार सम्मेलनको तयारी गरेका छन् । त्यस्तै उनले महासचिवमा पनि दावी गर्ने भनिएको थियो ।

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने बुझाईसहित उनले दावी गर्न लागेको स्रोतले जनाएको छ । यद्यपि आफू निकटका नेताहरुसँग छलफल गरेर उनले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव मध्ये एकमा उम्मेद्वारी दिन सक्ने बताइएको छ । उपाध्यक्ष पदमै बढी सम्भावना रहेको स्रोतले बतायो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार