प्रभु साह भन्छन् ओली जिउँदो रहेसम्म साथ दिन्छु



चितवन । माओवादी छाडेर नेकपा एमालेका नेता बनेका प्रभु साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म निस्वार्थ साथ दिने बताएका छन् । सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वार्थ साथ रहने बताए ।

उनले भने, ‘अध्यक्ष ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म म निस्वार्थ साथ दिनेछु । सबैले देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’ आगामी निर्वाचनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी पनि उनको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार