दशैँको दक्षिणा जम्मा गर्नुस्,एक सय रूपैयाँकाे आईपीओ भरेर हजारौँ कमाउनुस्



काठमाडौं । दशैँको दक्षिणा के मा लगानी गर्ने भनेर सोच्दै हुनुहुन्छ रु यदि यस्तो हो भने लगानी गर्ने उपयुक्त ठाउँ हो सेयर बजार । प्रतिकित्ता एक सय रूपैयाँमा आईपीओ भरेर हजारौँ तथा लाखौँ रूपैयाँ कमाउन सेयर बजार जस्तो उपयुक्त ठाउँ अरू केही छैन ।

सेयर बजार कै कुरा गर्नुपर्दा हाल विभिन्न २१ वटा कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० साधारण सेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । आईपीओ स्वीकृतिका लागि सेबोनमा पाइपलाइनमा रहेका २१ वटा कम्पनीहरू यस प्रकारका छन्

१. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२. इमर्जिङ्ग नेपाल लिमिटेड
इमर्जिङ्ग नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको छ । कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

३. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

४. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन पेश गरेको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

५. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न साउन १ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले यसअघि नै निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

६. रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

७. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

८. रिभर फल्स पावर लिमिटेड
रिभर फल्स पावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

९. थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेड
थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३१ लाख २५ रूपैयाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न साउन १७ गते, सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड
राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदौ ८ गते, सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

११. सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न असोज ११ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ुडबल बी माइनसु रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि यो रेटिङले संकेत गर्दछ ।

१२. डिस मिडिया नेटवर्क लिमिटेड
डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते सोमबार सेबोनमा निवेदन पेश गरेको हो । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१३. आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्न जेठ ३१ गते बोर्डमा निवेदन पेश गरेको छ । आईपीओ निष्कासनको लागि कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१४. दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख २१ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१५. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

१६. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड
अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको प्रदेश नं। १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ ।

१७. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१८. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

१९. बलेफी हाइड्रोपावर लिमिटेड
बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

२०. ग्रीन भेन्चर लिमिटेड
ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

२१. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार