प्रचण्ड होइन सुदन किराती भर्सेस रामबहादुर थापा : सुदन किराती



काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद एवम् केन्द्रीय सदस्य सुदन किरातीले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई पार्टी अध्यक्ष प्रचण्डसँग नभई आफूसँग आगामी निर्वाचनमा लड्न चुनौती दिएका छन्।

शुक्रबार चितवन पुगेर बादलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी चुनावमा आफू लड्न तयार रहेको भनेपछि सांसद किरातीले आफूसँग लड्न चुनौती दिएका हुन् ।

उनले शुक्रबार प्रचण्डसँग चुनावमा लड्ने बादलको अभिव्यक्तिपछि सासंद किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी १ सुदन किराती भर्सेस राम बहादुर थापा ।’

चितवन पुगेका बादले सञ्चारकर्मीसँग यस्तो भनेका थिए–‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार