तेह्रथुम पावरको आईपीओले कति पाउँदै छ त ओपनिङ्ग रेञ्ज ? यस्ताे तथ्य बाहिरियाे



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड भदौ २५ गते शुक्रबार भइसकेको छ । कम्पनीको आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार