सरकारकाे तर्फबाट अहिले सम्मकै ठूलाे आईपीओहरु ल्याउने घोषणा, कुन-कुनका आईपीओ आउने ?



काठमाडौं । सरकारले सार्वजनिक संस्थानको आईपिओ जारी गर्ने भएको छ । बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकताका आधारमा कम्पनी मोडलमा ल्याई पुंजीबजारमा सुचिकृत गराउने बताएका हुन् ।

उनले यी संस्थानलाई कम्पनी मोडलमा लगेर पुंजीबजारमा सुचिकृत गर्दै आत्मानिर्भर बनाउदै थप पुंजी जुटाउने घोषणा गरेका हुन् । उनले घाटामा गएका सार्वजनिक संस्थानलाई ब्यबस्थापकिय सुधार गर्ने, खारेज गर्ने वा अन्य विकल्पमा लैजाने घोषणा गरेका हुन् ।

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् । सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर बजेट पारित गर्ने सरकारको तयारी छ।

सार्वजनिक संस्थानहरुमा नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम, अन्य ठूला कारखानाहरु लगायतका रहेका छन् । ती सार्वजनिक संस्थानहरुले आईपीओ जारी गरेमा धेरै कित्ता भएको ठूलो आईपीओ जारी सेयर बजारमा आउने छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार