मानुषी लघुवित्तले कति पाउला ओपनिङ्ग रेञ्ज ! यस्तो छ संकेत !



काठमाडौं । मानुषी लघुवित्त वित्तीय कम्पनीको आईपीओ भदौ ७ गते बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओमा ३६ हजार ८५९ जना लगानीकर्ताले सेयर पाएका छन् ।

जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १०–१० कित्ता सेयर हात पारेका हुन् । आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट ३६ हजार ८५९ जना लगानीकर्ताले भाग्यमानी ठहरिएका थिए ।

नेपाल स्टक एक्सचेञ्ज९नेप्से०ले कम्पनीलाई पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिएको छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको थियो । लगानीकर्ताको भागमा ३ लाख ८ हजार ५९३ कित्ता सेयर रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार