अन्ततः सानिमा लाईफकाे सेयरकाे काराेबार हुने दिन एकिन गरियाे, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । केही समय पहिला आइपीओ निष्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर हित ग्राही खातामा आएको छ । एसएलआई संकेत कम्पनीको शेयर मेरो शेयरमा आएको छ ।
योसँगै अब सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर द्रोसो बजारमा कारोबारको लागि बाटो खुलेको छ । सम्भवत आज नेप्सेसंग सम्झौता गरी भोलिबाट कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुने छ ।

सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो ।

उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५र७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५र७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९र८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार