काठमाण्डौं । पछिल्लो समय नेपाली सेयर बजारमा प्राथमिक साधरण सेयर (आईपीओ) आउने क्रमको बाढी नै लागि लागेको छ । पछिल्लो समय विशेष गरि जलविद्युत् कम्पनी, बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीले पूँजी वृद्धि गर्न धमाधम आइपीओ जारी गर्न थालेका हुन् ।
आर्थिक वर्ष शुरु भएयता हप्तै पिच्छे कम्तीमा एक कम्पनीले आइपीओ निष्काशन गरिरहेका अवस्थामा आधा दर्जन कम्पनीले आइपियो निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।त्यस्तै नेपाल धितोपत्र बोर्डमा हाल करिब डेढ दर्जन कम्पनीहरु आइपीओ जारी गर्न अनुमति माग्दै पाइपलाइनमा बसेका छन् ।
यसरी धेरै कम्पनिले आइपियो निस्काआन गरि रहेको बेला सेयर बजारमा निकै आकर्षक मानिने ४ वटा लघुवित्त क्षेत्रका कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । ती ४ कम्पनीहरुले आइपियो निस्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
कुन कुन हुन त ती ४ कम्पनी रु अनि कति कित्ता आइपियो निस्कासन गर्दै छन त रु यहाँहामीले छोटकरीमा चार वटै लघुवित्त उल्लेख गरेका छौँ । हाल ती पाईपलाइनमा रहेका छन् । नेस्डो समृद्ध लघुबित्तः नेस्डो समृद्ध लघुबित्तले धितोपत्र बोर्डमा ८ लाख २८ हजार ७५० कित्ता आइपियो निष्कासन गर्न अनुमती माग गर्दै निवेदन दिएको छ । यो राम्रो अवस्था भएको लघुवित्त हो ।
जाल्पा सामुदायिक लघुबित्तः यस लघुवित्तले ५ लाख २२ हजार कित्ता, साधारण सेयर निस्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको छ । जाल्पा सामुदायिक लघुबित्त थोरै लगानीबाट धेरै पुग्न सक्ने क्षमता भएको कम्पनी हो ।
राष्ट्र उत्थान लघुवित्तः यस लघुवित्तले पनि ८ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न अनुमती माग गरेको छ । राष्ट्र उत्थान लघुवित्तले पनि आईपीओ निष्काशनको अनुमति पाएमा सेयर मार्केटमा राम्रै कारोबार गर्नेछ । उपकार लघुवित्तः यस लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमती मागेको छ। यसले पनि सेयर बजारमा राम्रो प्रभाव जमाउने देखिएको छ ।
यी ४ लघुबित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् ।बोर्डमा आइपियो निस्कासन तथा बिक्रिको लागि निवेदन दिएर बसेका यी ४ कम्पनिले बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।
हाल आइपियो निस्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका कारण यही मितिमा आईपीओ निष्काशन गर्नेछन भनेर भन्न सकिने अवस्था छैन् । तर लघुवित्तलाई सेबनले चाँडै निष्काशन अनुमति दिने गरेको देखिन्छ । त्यसैले आशा गरौँ चाँडै आईपीओ निष्काशन हुनेछ ।





