मैलुङ खोला हाइड्रोपावरको आईपीओले ओपनिङ रेञ्ज कति पाउला ? हेर्नुहोस



काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर पाउने शेयरधनीहरुको मनमा यतिबेला उब्जीरहेको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७६र७७ को वास्तविक नेटवर्थ ९५ रुपैयाँ ५ पैसा रहेकाले र नेप्सेले नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत हुन बाँकी छ । सूचिकृत भएपश्चात भोलीपल्टदेखि नै कम्पनीको आइपीओ पूँजी बजारमा कारोबारमा आउने छ ।

कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि, ३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओको बाँडफाँट साउन २६ गते भएको हो । २० लाख ६५ हजार १२४ जनाको आवेदक मध्येबाट ६८ हजार ४७४ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । जसमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार