६ जीवन बीमा कम्पनी ३ अर्ब ७५ करोड बराबरको आईपीओ निष्कासनको तयारीमा, कुनको कति कित्ता?



६ जीवन बीमा कम्पनीहरुको ३ अर्ब ७५ करोड बराबरको (आईपीओ) निष्कासनमा गर्ने भएका छन् । आईपीओ आउना बाँकी कम्पनीमध्ये सानिमा लाइफले साउन तेस्रो साता नै बिक्रीमा ल्याउँदैछ भने अन्य कम्पनीहरुले नियामक निकायबाट स्वीकृतिपछि बिक्री गर्नेछन् ।

जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर जारी गर्ने लक्ष्यका साथ साधारण सभाबाट प्रस्ताव गरेपनि ६ बीमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर भने सर्वसाधारणमा शेयर जारी गर्न लागेका हुन् । गत आवमा निर्जीवन बीमातर्फ अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले ३० करोडका दरले ९० करोड रुपैयाँ बराबरको शेयर बिक्री गरेका छन् ।

यसैगरी जीवन बीमा तर्फ सबैभन्दा पहिला रिलायन्स लाइफले ६३ करोड, प्रभु लाइफले ६० करोड, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँ गरी कुल २ अर्ब ५३ करोड ५० लाख रुपैयाँको शेयर बिक्री गरेका हुन् । केन्द्रीय निक्षेप प्रणालीका अनुसार अजोड इन्स्योरेन्सले २०७७ असारमा, रिलायन्स लाइफले भदौमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले असोजमा, प्रभु लाइफ इन्सयोरेन्सले पुसमा, ज्योति लाइफले फागुनमा, युनियन लाइफले २०७८ मा सर्वसाधारणमा शेयर बिक्री गरेका हुन् । यी ६ कम्पनीहरुको जारी पूँजी १२ अर्ब ५० करोड रहेको छ ।

जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब ७५ करोडको शेयर बिक्रीमा आउनेछ । शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । सानिमा लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०र६० करोडको शेयर बिक्रीमा आउनेछ ।

आईपीओ निष्काशनको तयारीमा रहेका ६ कम्पनीहरुले संस्थापकबाट जारी पूँजीको ७० प्रतिशतले हुन आउने रकम कम्पनी स्थापनाको समयमा नै चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत शेयर सर्वसाधानमा आईपीओ बिक्रीपछि चुक्ता हुनेछ । आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार