साउन १४ देखि नयाँ आइपिओ आउँदै, कति दिन पाइन्छ आवेदन ?



काठमाडाै‌ | निषेधाज्ञा खुकुलो भएसँगै सुरु भएको आइपिओको लहरमा अर्को कम्पनी थपने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । यसमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार