
प्रोबायोटेक इन्डष्ट्रिज पनि पब्लिकमा रुपान्तरण भएको छ। निम्बस होल्डिङ अन्तर्गत रहेको यो कम्पनीमा खाद्यान्न र दाना उद्योग छ। ब्यन्जन र सुनौलो किरण ब्राण्डमा खानेतेल, मैदा, सुजी, चामल मुसुरोको दाल, अचार लगायतका उत्पादन बिक्री गर्दै आएको छ।
कम्पनीले शक्ति ब्राण्डमा दाना बिक्री गर्छ। कम्पनीका प्रवन्ध निर्देशक आनन्द बगारियाले सबै प्रक्रिया सहज रुपमा अगाडि बढेमा १८ महिनाभित्र सर्वसाधरणमा सेयर जारी हुने बताए। हामीले धेरै अगाडि पब्लिकमा जाने घोषणा गरेका थियौ। तर विविध कारणले ढिलाई भयो।
प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार