काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : खाद्यान्न र तरकारी पसल पनि बन्द



काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यन्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार