मागपत्र प्रमाणीकरण नगरि टर्कीमा रोजगारी दिने भन्दै अन्तर्वार्ता लिने म्यानपावरमाथि कारबाही



मागपत्र प्रमाणीकरण नगरि टर्कीमा रोजगारी दिने भन्दै अन्तर्वार्ता लिने म्यानपावरमाथि कारबाही

मागपत्र प्रमाणीकरण नगरि टर्कीमा रोजगारी दिने भन्दै कामदारसँग अन्तर्वार्ता लिने म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । काठमाण्डौको वसुन्धारामा रहेको मास्टर जब प्रालीले मागपत्र प्रमाणीकरण नै नगरेर टर्कीमा हेभि ड्राइभरमा पठाउने भन्दै

ठूलो संख्यामा कामदार छनौटको लागि अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा विभागले कारबाही गरेको हो । तीस जनालाई अन्तर्वाता लिएर ट्राइल गराइरहेको अवस्थामा हिजो विभागबाट खटिएको टोलीले कागजातहरु बरामद गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार