साउदी सरकारले अब कामदारलाई पनि ३० लाखसम्म जरिवाना गर्ने



साउदी सरकारले अब कामदारलाई पनि ३० लाखसम्म जरिवाना गर्ने

साउदी अरेबियाले गैरकानूनी रूपमा विदेशी कामदार राख्ने रोजगारदातालाई एक लाख रियाल जरि’वाना तिराउने भएको छ ।साउदी राहदानी महानिर्देशनालय (जवाजात) ले श्रम र आवास नियमहरूको उल्लङ्घन गरी विदेशीहरूलाई कुनैपनि कम्पनीहरुले बिदेशी कामदार राखेको पाइए SR100,000 सम्मको ठूलो जरिवा’ना तिर्नुपर्ने चेतावनी दिएको छ।

विदेशी कामदारहरूलाई आफ्नो व्यक्तिगत फाइदाको लागि काममा संलग्न गराउन वा आफ्नो मूल रोजगारदाताहरू बाहेक अन्य रोजगारदाताहरूसँग काम गर्न अनुमति दिने कुनै पनि प्रतिष्ठानमा समान जरिवाना लगाइने साउदी अरेबियाको संचार माध्यमले जनाएका छन् ।

गल्ती गर्ने प्रतिष्ठानलाई पाँच वर्षसम्म विदेशी कामदार भर्ना गर्न पनि रोक लगाइनेछ। संस्थाको नाम स्थानीय सञ्चारमाध्यममा आफ्नै खर्चमा प्रकाशित गरिनेछ । गैरका’नूनी रूपमा विदेशी कामदार राख्ने प्रबन्धकलाई एक वर्ष जे’ल स’जाय हुनेछ, र यदि उनी विदेशी भएमा देश निकाला गरिनेछ ।

जावाजतले मक्का र रियाद क्षेत्रहरूमा 911 नम्बर र राज्यका अन्य सबै क्षेत्रहरूमा 999 नम्बरमा कल गरेर आवास, श्रम, र सीमा सुरक्षा नियमहरूको उ’ल्लङ्घनका घट’नाहरूको बारेमा जानकारी दिन जनतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार