ह्वातै बढयो रियल दिराम र रिंगेट को भाउ !अरुदेशको भाउ यस्तो



नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १४६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८२ रुपैयाँ ९४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९६ रुपैयाँ २ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ८६ पैसा र बिक्रीमा २७ रुपैयाँ ९८ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४२६ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६९ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार