बिश्वकपको लागी धमाधम कामदारको माग आयो, सबैभन्दा बढी नेपाली सुरक्षागार्डको माग



बिश्वकपको लागी धमाधम कामदारको माग आयो, सबैभन्दा बढी नेपाली सुरक्षागार्डको माग

दोहा : कतार बिश्वकपको लागि अन्ततः नेपाली सुरक्षागार्ड कतारले लैजाने भएको छ । कतार बिश्वकपको लागी धमाधम मागपत्रहरु आएर पनि नेपालका मेनपावर कम्पनीले धमाधम बिज्ञापन निकालेका छन् ।

नेपाली सुरक्षागार्डको आवश्यकता महसुस गरेको कतारका विभिन्न कम्पनीले बिश्वकपमा आवश्यक कामदार भित्राउनको लागि यो होड चलेको हो । कतार बिश्वकपका लागी छोटो समयको लागि जान चाहने ब्यक्तिहरुलाइ कुनै पनि सुल्क लाग्दैन ।

विभिन्न मेनपावर कम्पनीमा सुरक्षागार्ड र हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा काम गर्नको लागि माग आएको छ । कतारले छोटो अवधिको लागी बिश्वकप फुटबलको लागी नेपाली सुरक्षागार्ड कतार बिश्वकपको लागी लैजाने भएको हो ।

सो को लागि कतारका केही कम्पनीहरुले नेपालमा मागपत्र पठाई सकेके छन् भने नेपाली मेनपावर कम्पनीले सोको बिज्ञापन समेत खुलाएका छन् । केही बिज्ञापनहरु तल दिइएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार