अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजादै



खुसीको खबर : अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजाने

काठमाडौं : वैदेशिक रोजगारमा कतार जानेहरूको लागि केही हदसम्मको लागि भए पनि खुसीको खबर आएको छ । पछिल्लो समयमा मलेसियाबाट मात्रै होईन युएई र कतारबाट पनि वैदेशिक रोजगारिको लागि शून्य लागतमा मागहरु आउन थालेका छन् ।

शून्य लागतमा वैदेशिक रोजगारको लागि मागहरु आए संगै नेपाली युवाहरुको लागि वैदेशिक रोजगारमा जादा ठूलो रकम ऋण खोजेर जानू पर्ने र कमाएको पैसा ऋणमै जाने अवस्थाको केहिहदसम्म अन्त्य भएको छ ।

तर बिडम्बना के छ भने नेपाली दलाल र केही मेनपावरहरुले नै शून्य लागतमा आएको मागमा समेत चर्को दलाली रकम असुल्ने गरेका छन्

हालैमात्र कतारको प्रतिष्ठित कम्पनी Aura Entertainment Services Wll कम्पनीमा २२१ जना नेपाली कामदारको माग आएको छ ।कतारको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ६९,१६० सम्म प्रदान गर्ने र खान तथा बस्न निशुल्क प्रदान गर्ने बताएको छ ।

य्प रोजगारमा कतार जान कुनै शुल्क लाग्दैन । सम्पुर्ण खर्च रोजगार दाताले नै बेहोर्छ त्यसैले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार