कति बढ्दै छ युएईमा रहेका नेपालीको तलब ?
दुबई । युएई सरकारको महत्वाकांक्षी दुबई एक्स्पो २०२० को भब्य समापन भैसकेको छ । कोरोनाको कारण केही ढिला भए पनि युएईले एक्स्पोको भब्य समापन गरेर बिश्वलाई चकित तुल्याएको छ ।
युएई सरकारले बिदेशी कामदार तथा नागरिकको लागि अफरै अफर ल्याएको छ । युरोपको दाजोमा लग्दै गरेको दुबईले कामदारको तलब वृद्धि देखि मल्टिपल भिसा सम्मको अवसर ल्याएको हो ।यूएई सरकारले ५ वर्षे ‘मल्टिपल इन्ट्री भिसा’को आवेदन लिन सुरु गरेको छ । यूएई सरकारले सबै देशका नागरिकका लागि ५ वर्षे बहु–प्रवेश पर्यटन भिसा खुल्ला गरेको हो ।
पाँच वर्ष भिसा अवधि रहने र पर्यटकलाई आफ्नै प्रयोगमा धेरै पटकसम्म प्रवेश गर्न पाइने र प्रत्येक बसाइमा यूएई भित्र ९० दिनसम्म रहन सक्ने बताइएको छ । सो भिसालाई अर्काे ९० दिन समयअवधि थप्न सकिने बताइएको छ । यस्तो भिसाको आवेदनको लागि आवेदकले संघिय प्राधिकरणमार्फत ६ सय ५० दिराम तिर्नुपर्ने छ।
यूएईस्थित पर्यटन एजेन्सीहरुले बहु–प्रवेश पर्यटन भिसाको उपलब्धताको सुनिश्चित गरेका छन् । इच्छुक आवेदकले परिचय तथा नागरिकताको लागि संघिय प्राधिकरणको वेभसाइटबाट आवेदन दिनसक्ने बताइएको छ । यद्यपि, ट्राभल एजेन्सीलाई कोटा प्रणाली भने लगाइएको छ।
आवेदकले आवश्यक पर्ने बैंक सम्बन्धी कागजात र अन्य कागजात स्वयम् सिधै अपलाड गर्न सक्नेछन् ।आवेदकहरुलाई भिसा प्रदान गर्ने वा नगर्ने भन्ने निणर्य आप्रवासन प्राधिकरणमा नीहित रहने बताइएको छ ।
उता एक्स्पो संगै युएईमा रहेका सबै कामदारको तलब कम्तिमा २० प्रतिशतले बढ्ने बताइएको छ ।
एजेन्सिको अनुसार ५० प्रतिशत सम्म तलब वृद्धि हुने बताइए पनि कोरोनाको कारण त्यसलाई कम्तिमा २० प्रतिशतमा झारेको बताइएको छ । बढेको तलब २०२२ को सुरु देखि नै प्राप्त गर्ने बताइएको छ ।





