दाउन्नेमा अवरुद्ध सडक दुई तर्फी सन्चालनमा



पुर्व पश्चिम राजमार्गको पुर्वी नवलपुरको दाउन्नेमा पहिरोको कारणले अवरुद्ध सडक दुई तर्फी रुपमा सन्चालनमा आएको छ ।

लगातार केही दिन देखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गए पछि पुर्व पश्चिम राजमार्ग र बजारका घरहरुमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो ।Open photo

अवरुद्ध सडक बुधबार साँझ देखि एकतर्फी रुपमा सन्चालनमा आएपनि ठुला मालवाहक सवारीहरुलाई पुर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो । नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रात भरमा सडकलाई दुई तर्फी सन्चालनमा आउने गरि तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।Open photo

दाउन्ने बजारको तल्लो भागमा पहिरो गए पछि पहाड तर्फको भागलाई खनेर बाटो चौडा बनाईएको प्रजिअ अधिकारीले बताउनु भयो । पहिरोको कारणले विस्थापित भएका ४ घर परिवारलाई गाउँपालिका सँगको समन्वयमा आश्रय स्थलमा राखिएको घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार