कोरियन एयरलायन्सको ७७७ विमान अर्को विमान संग ठोक्कियो



कोरियन एयरलायन्सको ७७७ विमान अर्को विमान संग ठोक्कियो

काठमाडौं : बेलायतमा दुई विमान एकआपसमा ठोक्किएका छन् । हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका हुन्को रियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको बीबीसीले जनाएको छ।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्।

उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन्। एक विमानको पंखामा क्षति भएको बताइएको छ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार