“विनाशकारी भुकम्पले घर भत्किए पनि मन भत्किएन” : प्रकाश संजेल



नमस्कार, म प्रकाश संजेल बागमती गाउँपालिका- ६ आश्राङ्ग ललितपुबाट । हाल म स्नाकोत्तर तह दोस्रो सेमेस्टर अंग्रेजी विषयमा अध्ययनरत रहेको छु । राष्ट्रिय पुननिर्माण प्राधिकरण आबद्ध हुनुभन्दा अगाडि म थुप्रै संघसंस्था सँग आवद्ध भएर सामाजिक कार्यहरु गर्ने अवसर प्राप्त गरिसकेको छु । २०७२ सालको भूकम्पपूर्व म Loo Niva child concern group मा दुई वर्षसम्म स्वयंसेवकको रुपमा सामाजिक सचेतना कार्यक्रम हरु संचालन गर्दै आएको थिएँ । २०७२ सालको विनासकारी भूकम्पले मेरो घर त भत्कायो तर मन भत्काउन सकेन सायद सानै उमेरदेखि समाजसेवामा लाग्ने सोचाइले विस्तारै मूर्तरूप लिन थाल्यो । म आफू पीडित भएर मात्र बसिनँ बरु अरूको पीडालाई नजिकबाट नियालेर आफूले सकेको सहयोग गर्ने अठोट लिएर सामाजिक कार्यमा होमिएँ ।

विनाशकारी भूकम्पले गर्दा मेरो कक्षा १२ को परिक्षा १ महिना पछाडि सर्यो सो समय मुलत: आफ्नो अस्थायी टहरा निर्माण गर्ने र परिक्षाको तयारी गर्नमा व्यस्त रहेँ । परिक्षा सकिएको भोलिपल्टबाटै म युनिसेफ (Unisef) ले सहयोग गरेको Emergency support programme (Humanitarian assistance project)मा स्वयंसेवकको रूपमा आवद्ध भएर खानेपानी तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएँ । त्यसपछि म युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा कार्य नेपाल Youth action nepal मा Quick volenteer का रूपमा झन्डै २ बर्षसम्म भूकम्प अति प्रभावित जिल्लाहरुमा उद्घार, राहत, पुनर्स्थापना साथै मनोसामाजिक परामर्शका कार्यक्रमहरुमा सहभागी हुँदै जोखिम वर्गका भूकम्प पीडित विशेषगरि एकल महिला(Single Women) हरुको अस्थायी आवास बनाउने कार्यहरुमा युवा स्वयंसेवक परिचालन एवम् नेतृत्व गर्दै (Team Leader) भएर झन्डै ३० भन्दाबढी अस्थायी आवासहरु निर्माणमा प्रत्यक्षरुपमा सहयोग पुर्याउनुका साथै २ वटा अस्थायी विद्यालय बनाउने क्रममा नुवाकोटको खड्गभञ्ज्याङ् र गोरखाको बोर्लाङ्ग भन्ने ठाउँमा १/१ महिना सम्म बसेर सहयोग गरेँ । त्यसपछि पनि थुप्रै संघसंस्था जस्तै Youth Action Nepal ,Yuwalaya, Bring Thought to Action, Loo Niva Child Concern Group, Quick Volunteer नेपाल युवा संस्था संजाल (AYON),Rising nepal लगायतको संस्थाहरूसँग प्रत्यक्षरुपमा आवद्ध भई सेवा गर्ने अवसर प्राप्त गर्दै गर्दा आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै गए सो क्रममा आफू अध्ययनरत कलेजको विद्यार्थी कल्याण परिषद (Student welfare council) मा रहेर विद्यार्थी नेतृत्व साथ-साथै सामाजिक कार्यहरु रक्तदान कार्यक्रम,सांस्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थी कल्याण परिषदको अध्यक्ष को हिसाबले महत्वपूर्ण काम तथा जिम्मेवार वहन गरि अनुभव प्राप्त गर्ने अवसर प्राप्त भयो ।

सोहीक्रममा मैले स्नातक तहको परीक्षा उतिर्ण गरेँ । त्यसपश्चात राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाँकी रहेका पुनःनिर्माणको कामलाई सामाजिक प्राविधिक सहायता (Socio Technical Assistance ) मार्फत सम्पन्न गर्ने उद्देश्य लिई सामाजिक परिचालक र घुम्ती डकर्मी लाई सेवा करारमा लिने सम्बन्धमा दर्खास्त आह्वान गर्यो । मैले प्राप्त गरेका अनुभव पनि सामाजिक पारिचालन साथसाथै पुनःनिर्माण सँग सम्बन्धित भएकोले पुननिर्माण प्राधिकरणसँग प्रत्यक्षरुपमा आवद्ध भएर सेवा गर्ने सोच बनाए र मैले राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्यन ईकाई (भवन) ललितपुरमा सामाजिक परिचालक पदमा निवेदन दिए र करिब ४०० परीक्षार्थीलाई पछाडि पार्दै सर्टलिष्टमा ‍‌पर्न सफल भएँ । अन्तर्वार्ता परीक्षा पनि उत्तीर्ण भई बागमती गाउँपालिकाको सामाजिक परिचालकको रुपमा सिफारिस भई कम सुरु गर्दैगर्दा बिचमा Covid-19 को महामारिको अवस्था सिर्जना भई देश लकडाउनको अवस्थामा गयो प्राधिकरणमा भर्खरै आबद्ध भएकाले अन्य जिल्लाहरूका सामाजिक परिचालकहरुको बारेमा केही जानकारी थिएन । म त्यतिकै बस्न सकिन र पुनर्निर्माणका सामाजिक परिचालक साथीहरूलाई एकताबद्द बनाउने, सूचना तथा अनुभव साटासाट गर्ने उदेश्यले मैले राष्ट्रिय पुननिर्माण प्राधिकरण सामाजिक परिचालक समूह NRA SM Group नामक एउटा Facebook Group खोलेर त्यसमार्फत अन्य जिल्लाहरूका साथीहरु जोड्दै गए र समयमा समयमा छलफल तथा अन्तर्त्रिया गराउने क्रममा थुप्रै सामाजिक परिचालक साथीहरू, प्राबिधिक तथा पुनर्निर्माण सँग सरोकार राख्नु हुने विशिष्ट व्यत्तित्वहरु सँग चिर-परिचित भई सुमधुर सम्बन्ध स्थापना गर्ने सौभाग्य प्राप्त भयो ।

हाल आफ्नो कार्य क्षेत्रका लाभग्राहिलाई घर निर्माणका लागि सहजीकरण गर्ने साथसाथै भुकम्प अति प्रभावित विभिन्न १४ जिल्लाका सामाजिक परिचालक साथीहरुलाई एकीकृत गर्दै सामाजिक परिचालनका दौरानमा भएको समस्याहरुलाई सकेसम्म सम्बन्धित विज्ञ तथा सरोकारवाला व्यक्तिहरुलाई आवद्ध गरेर अनलाइन प्रबिधि मार्फत छलफल तथा अन्तरक्रिया गराउँदै आएको छु । साथै सामाजिक परिचालनबाट प्राप्त भएको उपलब्धि तथा सफलताका उदाहरणहरुलाई फेसबुक ग्रुपमा उपयुक्त स्थान दिइ साथीहरूलाई हौसला दिँदै आईरहेको छु । समग्र सामाजिक परिचालकको हकहितकालागि जिल्ला, केन्द्रिय तथा प्राधिकरण तहमा समेत समन्वय तथा नेतृत्व गर्दै आईरहेकोछु । पदिय जिम्मेवारीको हिसाबले म बागमती गाउँपालिका को सामाजिक परिचालक मात्रै भएपनि सम्पूर्ण सामाजिक परिचालक साथीहरुले मलाई Social Mobilizer Coordinator को रुपमा चिन्ने गर्नुभएको छ । यसरी आफ्नो परिवार पिडामा रहँदारहँदै कयौं भुकम्प पीडितहरुको पिडामा आफुले केही हदसम्म मलम पट्टि लगाउन पाउने सौभाग्य प्राप्त हुदाँ आफूभित्र रहेका पिडाहरु विलीन भैदिँदा रहेछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार