
काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो ।
आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार