
काठमाडौं, २१ फागुन । सुनको भाउले आज (बुधबार) नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ८० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजावी सुन ८० हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । जबकि मंगलबार छापावाला सुन तोलामा ७८ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार सुनकाे भाउ ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे । आइतबार भने सुनकाे भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियाे । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार