
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको बताएका छन्। भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने बताए ।
शुक्रबार प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै भट्टराईले यस्तो बताएका हुन् । नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको भट्टराईले दावी गरे । त्यस्तै, फागुण २८ गतेको निर्णय र त्यसपछिका बैठकका निर्णयपनि कुनैपनि हालतमा फिर्ता नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीले दलहरुसँग विश्वासको मत मागिरहेको बताउँदै विश्वासको मत नपाए मुलुक चुनावमा जाने उनले बताए । प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नपाए मुलुक निर्वाचनमा नै जाने उनको भनाई थियो । उनले जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा ल्याउनको लागि प्रयास भैरहेको बताए ।