
नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतको दिल्ली राज्य कोरोना भाइरस संक्रमणको हटस्पट नै बनेको छ । दिल्लीमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढिरहेका छन्, भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि तीब्र रुपमा बढिरहेका छन् ।
यसैबीच दिल्ली राज्य सरकारले १५ दिनमा नै ५ सय आईसीयू बेडको उपचार केन्द्र बनाउन सफल भएको छ । त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले निर्माण गरिएको ५ सय बेडमध्ये २५० बेड शनिबार (आज)देखि सञ्चालनमा आएको जानकारी गराएका छन् ।
साथै, उनका अनुसार बाँकी २५० बेड भने दुई दिनपछि सञ्चालनमा आउनेछन् । मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमा नै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएका छौं । म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु ।’ त्यस्तै, उनले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी पनि गरेका छन् ।
I salute our docs, engineers and workers who worked round the clock on war footing and constructed these 500 ICU beds in just 15 days at Ramlila maidan opp LNJP hospital. 250 ICU beds start tomo and 250 in next two days. pic.twitter.com/Ufo4udyaUg
— Arvind Kejriwal (@ArvindKejriwal) May 14, 2021