एमाले २०७५ मा फर्केर केहि हुदैन माओबादी २०६४मा फर्कन्छ र सबैभन्दा ठुलो दल बन्छ : जनार्दन शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो परिस्थितिप्रति हतास नहुन नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् । उनले पछिल्लो परिस्थितिले माओवादीलाई थप सुद्धढ बनाउन मौका दिएको टिप्पणी गरे । उनका अनुसार पार्टीभित्र विगतलाई हेरेर पुनः समिक्षा गर्नुपर्ने अवस्था सिर्जना छ । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ । यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौँ र उठाऔं ।’

पछिल्लो राजनीति अवस्थाप्रति भन्दा कोरोना संकटप्रति ध्यान दिनुपर्ने उनको भनाई छ । ‘जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं, हामी सबैको भबिस्य उज्ज्वल हुनेछ’, उनले भनेका छन् । बैकिल्पक सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाको प्रयास असफल भएसँगै तीनै पार्टीभित्र निराशा देखिएको छ । साथै एमालेभित्र देखिएको पछिल्लो एकताले पनि माओवादी केन्द्र थप समस्यातर्फ उन्मुख भएको टिप्पणी भईरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार