हृदयेश त्रिपाठीले चप्पलमै लिए मन्त्रीकाे सपथ



नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले राष्ट्रपति समक्ष चप्पल लगाएरै सपथ ग्रहण गरेका छन्। आज (शुक्रबार) राष्ट्रपति निवास शितलनिवासमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले चप्पलमै सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण समारोहमा अन्य सबै मन्त्रीकाे खुट्टामा कालो रंगको छालाको जुत्ता देखिन्थ्याे तर मन्त्री त्रिपाठी भने कुर्ता पाइजामा र चप्पलमै देखिए।

माओवादी छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापासहित अन्य पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरु समेत सेतोलवेदा सुरुवाल र भादगाउँले कालोटोपी वा ढाका टोपीमा थिए तर मन्त्री त्रिपाठी कुर्ता–पाइजामामै सपथ लिइरहेका देखिन्थे । उनले टाेपी पनि लगाएका थिएनन्। त्रिपाठीले यसअघि पनि स्वास्थ्य मन्त्रीकाे सपथ लिदा चप्पलमै उपस्थित भएका थिए।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट लिए सपथ, सबै मन्त्री पुरानै
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा संविधानको ७६ (३) अनुसार बिहिबार राति मात्र प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नलिएसम्म अहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिएका छन्।

सपथग्रहण समारोहमा ओली हटाउन क्रियाशील पाँच पूर्व प्रधानमन्त्री अनुपस्थित, विपक्षी देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका छन्। एक वर्षअघिदेखि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दिलोज्यानले लागिपरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सपथग्रहण समारोहमा सहभागी भएनन्।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार