ओली पुन: चतुर सावित भए : बाबुराम



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली पुन: चतुर सावित भएको टिप्पणी गरेका छन् ।प्रधामन्त्रीबाट ओली पदमुक्त भएपछि बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयमा विपक्षी दल सरकार गठन गर्ने बहुमत जुटाउन असफल भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताएका छन् । ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’ उनले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार