२०७५ जेठ २ मा फर्कन ओली तयार, राजीनामा रोक्न बालुवाटारको सन्देश !



काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानको लागि आज निर्णायक पहल गरिने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग एक्लाएक्लै भेटवार्ता गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार नेपाल पक्षले अघि सारेको मागबमोजिम पार्टी एकता जोगाउन अध्यक्ष ओली २०७५ साल जेठ २ गते फर्कन तयार भएका छन् ।

उक्त सन्देश ओलीले नेता विष्णु पौडेलमार्फत नेपालसमक्ष पुर्याएका छन् । अहिले बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि नेपाल पक्षको माग सम्बोधन गर्ने र वार्ता गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको एक नेताले जानकारी जानकारी दिए । नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको अवस्थामा अध्यक्ष ओलीले राजीनामा रोक्नेगरि निर्णायक पहल लिने भएका हुन् ।

संविधानको धारा ७६ को २ अनुसार गठबन्धनको सरकार बनाउनेगरि तयारीमा जुटेको नेपाली कांग्रेस पनि माधव नेपाल पक्षको निर्णय कुरेर बसेको थियो । तर, अहिलेसम्म नेपाल पक्षले ठोस निर्णय नगरेको र जसपाले पनि निर्णय नगरेकोले कांग्रेस आँफै अन्यौलमा छ । राष्ट्रपति वैकल्पिक सरकार गठनको लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार