काठमाडौं । नेकपा एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताए। माधव नेपाल समुले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने जानकारी दिए।
थापाले नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन्।थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन। नेता जन्माउने, बनाउने पार्टी र जनताले हो। महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं। सुकेका पात झर्छन् चिन्ता नगरौं।’
प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार