माधव नेपाल र भीम रावल देउवा निवासमा, के वैकल्पिक सरकार बन्ला ?



काठमाडौं । राष्ट्रपति भण्डारीले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेश गर्न प्रयासरत कांग्रेस सभापति शेरवहादुर देउवालाई भेट्न एमालेका नेता माधवकुमार नेपाल मंगलवार साँझ बुढानिलकण्ठ पुगेका छन्।

नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका नेताले सरकार गठनमा कसैको सहयोगी बन्ने भन्दा पार्टी अध्यक्ष केपी ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेपछि संकटमा परेका नेता नेपाल देउवालाई भेट्न गएका हुन्।

नेपाललाई दह्रिलो साथ दिइरहेका अर्का नेता भीम रावल पनि देउवासँगको वार्तामा सहभागी रहेको स्रोतले जनाएको छ। नेपाल,रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भने पनि ओलीको विरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा छन्। त्यसबापत कांग्रेस र माओवादीले उपचुनावमा राजीनामा गरेका एमालेका सांसदलाई जिताउनुपर्ने प्रतिबद्धता मागेको बताइन्छ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार